नियम ९२
कम्पनीको स्थापना र सञ्चालन तथा व्यापार व्यवसाय गर्न नहुने
: (१) सशस्त्र प्रहरी कर्मचारीले नेपाल  सरकारको पूर्व स्वीकृति नलिई देहायका काम गर्न हुँदैनः–
(क)   कुनै बैँक वा कम्पनीको स्थापना, रजिष्ट्रेशन वा सञ्चालनको काममा भाग लिन,
(ख)   प्रचलित कानून बमोजिम दर्ता गराउनु पर्ने कुनै व्यापार वा व्यवसाय गर्न, र
(ग)   अन्यत्र कुनै प्रकारको नोकरी स्वीकार गर्न ।
      (२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सशस्त्र प्रहरी कर्मचारीले नेपाल सरकारको नीति विपरीत नहुने गरी साहित्यिक, वैज्ञानिक, कलात्मक वा मानवीय सहयोग सम्बन्धी कार्य गर्न सक्नेछ ।